चितवन, असार ३ । दैनिक ज्यालादारी गरेर छाक टार्दै आएका विपन्न तथा मजदुरहरुलाई खाद्यान्न वितरण गरेका छन्।
चितवनको रत्ननगर नगरपालिका वडा नं ६ मा रहेको नेपाल रेडक्रस सोसाईटी उपशाखा बछौलीले,रत्ननगर–५,६ र ७ मा रहेको जो लकडाउनको समयमा काम गर्न नपाएका कारण बिहान बेलुकी छाकनै नटर्नेहरुलाई खाद्यान्न सामग्री सहयोग गरेको छ। अफ्ठेरो परिस्थितिमा राहत स्वरुप सामग्री सहयोग गरिएको उप शाखाका निवर्तमान सभापति एवं उपशाखा अन्तर्गत सञ्चालित नागरिक सहायत कक्षका संयोजक राममणी खनालले वताए।
उपशाखा बछौलीको पहलमा हिमाली नबिन समाज र वाइल्ड्लाइफ भिक्टिम फन्ड सहयोगमा ८५ अति विपन्न परिवार लाई खाद्य सामग्री वितरण गरिएको सभापति सुवास विडारीले बताए।
सहयोग स्वरुप प्रति परिवार १ बोरा चामले नुन, दाल र तेल सहयोग गरेको उपशाखाका कोषाध्यक्ष दिपेन्द्र श्रेष्ठले बताए। विभिन्न संघ संस्था एवं व्यक्तिहरुवाट प्राप्त गरिएको सहयोग रकमवाट उपशाखाको कार्य क्षेत्र भित्र विहिवार सम्म आईपुग्दा ३३५ भन्दा वढी परिवारलाई सहयोग गरिएको श्रेष्ठले वताए।
उक्त कार्यक्रममा वडा सदस्यदोय किरण महतो, केशरी माया सुनार, समाजसेवी प्रहलाद सापकोटा, नेपाल रेडक्रस चितवन शाखाका सभापति ज्ञानशाली न्यौपाने, वाघमारा मध्यवर्ती सामुदायिक वनका अध्यक्ष जितु तामाङ लगायतको सहभागिता रहेको थियो।


























