जेठ ३१ । इजरायमा बेन्जामिन नेतान्याहुको १२ वर्षको सत्ता अन्त्य भएको छ। संसद्ले नयाँ प्रधानमन्त्री निर्वाचित गरेसँगै नेतान्याहुको सत्ता अन्त्य भएको हो। दक्षिणपन्थी राष्ट्रवादी नाफ्ताली बेनेटले ‘परिवर्तनको सरकार’ को नेतृत्व गर्दै शपथ ग्रहण गरेका छन्।
नेतान्याहुलाई एक मत अन्तरले पराजित गर्दै बेनेट संसद्बाट प्रधानमन्त्री चुनिएका हुन्। उनले अत्यन्तै साँघुरो ६०(५९ बहुमतका आधारमा ‘अभूतपूर्व’ गठबन्धनको नेतृत्व गरेको बीबीसीले उल्लेख गरेको छ।
सत्ता समीकरणसम्बन्धी सम्झौताका अनुसार उनी सन् २०२३ को सेप्टेम्बर महिनासम्म प्रधानमन्त्री रहने छन्। त्यसपछि येश अटिड पार्टीका नेता याएर लापिड थप दुई वर्ष प्रधानमन्त्री हुनेछन्। अमेरिकी राष्ट्रपति जो बाइडनले बेनेटलाई बधाई दिएका छन्। उनले आफू बेनेटसँग काम गर्न इच्छुक रहेको बताएका छन्। एजेन्सी
Facebook Comments


























