जेठ ३० । भारतस्थित दिल्लीको एक सुकुम्बासी बस्तीमा भीषण आगलागी हुँदा ५२ घरहरु जलेर नष्ट भएका छन्। पूर्वी दिल्लीको मदनपुर खादर इलाकामा रहेको उक्त बस्तीमा शनिबार अबेर राति आगलागी सुरुवात भएको थियो।
पीटीआईका अनुसार शनिबार राति ११ बजेर ५५ मिनेटमा सुरुवात भएको आगलागी बिहान ३ बजे मात्र नियन्त्रणमा आएको थियो। यस घटनामा हालसम्म मानवीय क्षती नभएको बताइएको छ। यस बस्तीमा रोहिंग्या शरणार्थीहरु पनि बस्दै आएको बताइएको छ। एजेन्सी
Facebook Comments


























