चितवन, जेठ २८ । विश्वकप तथा एसियन कप फुटबल संयुक्त छनोटअन्तर्गत नेपाल र अस्ट्रेलियाबीचको खेल जारी छ।
कुवेत सिटीस्थित जाबेर अल अहमद अन्तर्राष्ट्रिय स्टेडियममा अस्ट्रेलियाले एक गोल गरेको छ। खेलको ६ मिनेटमा नै अस्ट्रेलियाले १-० को अग्रता बनाएको हो।
अस्ट्रेलियाविरुद्धको आजको खेलमा नेपाली फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी जोर्डनविरुद्ध खेलेका चार खेलाडी परिवर्तन गरेका छन्।
यसअघिको खेलमा सुरूवाती लाइनअपमा रहेका अन्जन विष्ट, दीनेश राजवंशी, अभिषेक रिजाल र सन्तोष तामाङ बेन्चमा राख्दै उनले विशाल राई, एरिक विष्ट, गौतम श्रेष्ठ र नवयुग श्रेष्ठलाई सुरुवाती ११ मा ल्याएका छन्।
Facebook Comments


























