जेठ २८ । अष्ट्रेलियाका ब्याट्सम्यान डेभिड वार्नर र अलराउण्डर मार्कुस स्टोनिसले इंग्ल्यान्डको द हन्ड्रेड क्रिकेट प्रतियोगिता नखेल्ने भएका छन्। इंग्ल्यान्ड एण्ड वेल्स क्रिकेट बोर्डले वार्नर र स्टोनिसले पहिलो संस्करणको प्रतियोगिता नखेल्ने पुष्टि गरेको छ।
कोरोना भाईरसको महामारीको कारण उनीहरुले प्रतियोगिताबाट नाम फिर्ता लिएको बताईएको छ। प्रतियोगिताका लागि वार्नर र स्टोनिस साउदर्न ब्रेभमा अनुबन्धित थिए।
प्रतियोगिता जुलाई २१ बाट अगस्ट २१ सम्म हुने तालिका रहेको छ। दुबै खेलाडी वेस्ट इन्डिज र बंगलादेशसँगको सिरिज खेल्ने अष्ट्रेलियाको प्रारम्भिक टिममा समेत रहेका छन्।
द हन्ड्रेड क्रिकेट प्रतियोगिता नेपालका सन्दीप लामिछानेले खेल्दै छन्। सन्दीपले ओभल इन्भिन्सिबलबाट द हन्ड्रेड खेल्ने छन्। एजेन्सी
Facebook Comments

























