जेठ २८ । युरोकप फुटबल प्रतियोगिताको १६ औं संस्करण आजबाट (शुक्रबार) सुरु हुँदैछ। इटालीको रोममा टर्की र इटालीबीचको खेलसँगै युरोकप औपचारिक रुपमा सुरु हुनेछ। टर्की र इटालीबीचको खेल नेपाली समय अनुसार राति पौने १ बजे सुरु हुनेछ।
ओलम्पिक स्टेडियम हुने उद्घाटन खेलमा दुबै टोलि जित निकाल्दै सुखद सुरुवात गर्ने लक्ष्यमा रहेका छन्।
यस पटक युरोकप युरोपको विभिन्न देशको ११ शहरमा आयोजना हुनेछ। प्रतियोगिता सुरु भएको ६० वर्ष पुगेको अवसरमा युरोपका ११ शहरमा प्रतियोगिता आयोजना गर्न लागिएको हो।
यूईएफएले युरोकप लण्डन, आम्स्टरडाम, बाकु, सेभिया, बुचारेस्ट, बुडापेस्ट, कोपनहेगन, ग्लासगो, म्युनिख, रोम र सेन्ट पिटर्सवर्गमा आयोजना हुनेछ। जुलाई ११ मा सकिने युरोकपमा २४ टिमको सहभागिता रहेको छ। प्रतियोगिताको फाइनल खेल लण्डनको वेम्बली स्टेडियममा हुनेछ।
Facebook Comments


























