गुल्मी, जेठ २७ । गुल्मीमा एक पुरुषको शव फेला परेको छ। इस्मा गाउँपालिका –५ मा ३० वर्षीय विदुरविक्रम कुँवर आज बिहान मृतावस्थामा भेटिएकाहुन्।
कुँवर घरदेखि करीब तीन सय मिटर नजीकै रहेको राँगाको पाइले भन्ने भीरभन्दा तल मृतावस्थामा फेला परेको इस्मा प्रहरी चौकीका प्रहरी नायब निरीक्षक मोहनलाल अधिकारीले जानकारी दिए। रासस
Facebook Comments


























