जेठ २५ । नेपाली बजारमा मंगलबार सुनको मूल्य प्रोतितोला ३०० रुपैयाँले बढेको छ। नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ ९४ हजार १०० रुपैयाँ कायम भएको छ। यसैगरी, तेजावी सुनको भाउ तोलाको ९३ हजार ६०० रुपैयाँ निर्धारण भएको छ।
आज चाँदीको भाउ पनि प्रतितोला ५ रुपैयाँले बढेर १ हजार ३५५ रुपैयाँ कायम भएको छ। सोमबार चाँदी प्रतितोला १ हजार ३५० रुपैयाँमा कारोबार भएको थियो।
Facebook Comments


























