सिरहा, जेठ २३ । अज्ञात समूहले सिरहाका एक मेडिकल व्यसायीमाथि गोली प्रहार गरेको छ। गोली लागि मिर्चेया नगरपालिका वडा नम्बर ५ स्थित सिद्धी मेडिकल हलका सञ्चालक रामसागर साफी घाइते भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी हिराबहादुर पाण्डेका अनुसार शनिवार राति पौने ८ बजेतिर पसलमा बसिरहेका ४५ वर्षीय साफीमाथि दुई राउण्ड गोली प्रहार गरेर अज्ञात समूह फरार भएको छ।
एसपी पाण्डेका अनुसार साफीलाई एउटा गोली हातमा र अर्को तिघ्रामा लागेको छ। शुरूमा उनको मिर्चैयाको स्थानीय अस्पताल उपचारपछि बिराटनगर रेफर गरिएको छ। घाइतेको अवस्था खतरामुक्त रहेको अस्पतालले जनाएको छ। घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Facebook Comments


























