जेठ २१ । सर्बियन स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको तेस्रो चरणमा प्रवेश गरेका छन्। पेरिसमा बिहीबार राति भएको खेलमा उरुग्वेका पाब्लो क्युभासलाई हराएर जोकोभिच तेस्रो चरणमा पुगेका हुन्।
विश्व नम्बर एक समेत रहेका जोकोभिचले क्युभासलाई ६-३,६-२ र ६-४ ले पराजित गरे। पुरुषतर्फ नै स्विस खेलाडी रोजर फेडेररले तेस्रो चरणमा स्थान बनाएका छन्।
पूर्व विश्व नम्बर एक फेडेररले मारिन सिलीचलाई पराजित गरे। २० पटकको ग्राण्डस्लाम विजेता फेडेररले मारिनमाथि ६-२,२-६,७-६(७-४) र ६-२ को सेटमा जित निकाले।
रुसका डेनील मेदभेदेबले पनि तेस्रो चरणमा स्थान बनाएका छन्। दोस्रो वरीयताका मेदभेदेबले अमेरिकाका टमि पाउललाई ३-६, ६-१,६-४ र ६-३ ले हराए। एजेन्सी
Facebook Comments

























