जेठ २० । शेयर बजारमा आज नयाँ रेकर्ड कायम भएको छ। साताको अन्तिम दिन शेयर कारोबार मापक नेप्से परिसूचक उच्च अंकले बढेर बजारमा नयाँ रेकर्ड कायम भएको हो।
आज २९ दशमलव ५५ अंकले बढेर २ हजार ८ सय ५६ दशमलव ७७ अंकमा पुगेको छ। गत आइतबार नेप्से परिसूचक २ हजार ८ सय २७ दशमलव ९३ अंकमा पुगेर नयाँ रेकर्ड कायम भएको थियो।
आज कायम भएको नेप्से परिसूचक हालसम्मै उच्च विन्दुमा पुगेको हो। बिहीबार कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेर १७ अर्ब रुपैयाँको हाराहारीमा भएको छ। नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ९ वटामा हरियाली छाएको छ भने चार वटामा रातो पोतिएको छ।
Facebook Comments


























