जेठ १९ । मैत्रीपूर्ण खेलमा क्रोएसियाले अर्मेनियासँग बराबरी खेलेको छ। मंगलबार राति भएको खेलमा क्रोएसियाले अर्मेनियासँग १-१ गोलको बराबरी खेलेको हो।
घरेलु मैदानमा खेलको २४ औं मिनेटमा इभान पेरिसिचले गोल गर्दै क्रोएसियालाई अग्रता दिलाएका थिए। तर, खेलको ७२ औं मिनेटमा एन्गुलोले गोल गर्दै अर्मेनियालाई १-१ गोलको बराबरीमा फर्काए।
युरोकप फुटबलको तयारीमा लागि क्रोएसियाले मैत्रीपूर्ण खेल खेलेको हो। क्रोएसिया युरोकपको समूह ‘डी’ मा रहेको छ। इंग्ल्यान्डसँगै जुन १३ मा खेल्दै क्रोएसियाले युरोकपको सुरुवात गर्नेछ। अर्को मैत्रीपूर्ण खेलमा पोल्याण्डले रुससँग १-१ गोलको बराबरी खेलेको छ। एजेन्सी
Facebook Comments


























