जेठ १९ । आईसीसीले एकदिवसीय विश्वकप क्रिकेटमा सहभागी मुलुकको संख्या बढाएको छ।
आईसीसीले एकदिवसीय र टी-ट्वान्टी विश्वकपमा खेल्ने टिमको संख्या बढाएको छ। अब एकदिवसीयमा १४ टिमले प्रतिस्पर्धा गर्नेछन् भने टी-ट्वान्टीमा २० टिमबीच प्रतिस्पर्धा हुनेछ।
आईसीसीले २०२७ र २०३१ को विश्वकपमा १४ टिमले प्रतिस्पर्धा गर्ने जनाएको छ। यसअघि एकदिवसीय विश्वकपमा १० टिमले प्रतिस्पर्धा गर्दै आएका थिए।
यस्तै टी-ट्वान्टी विश्वकपको सन् २०२४, २०२६, २०२८ र २०३० विश्वकपमा २० टिमले प्रतिस्पर्धा गर्ने आइसीसीले जनाएको छ। टी-ट्वान्टी विश्वकपमा १६ टिमले प्रतिस्पर्धा गर्दै आएका थिए। एजेन्सी
Facebook Comments


























