महोत्तरी, जेठ १७ । महोत्तरीमा इँटा उद्योगले खनेको खाल्डोमा जमेको पानीमा डुबेर एकै घरका दुई जना बालकको मृत्यु भएको छ।
प्रहरीका अनुसार महोत्तरीको एमविएस इँटा उद्योगले खनेको खाल्डोमा जमेको पानीमा डुबेर रामगोपालपुर नगरपालिका–९ का ९ वर्षीय बालक प्रेमकुमार मण्डल र उनका दाजु १० वर्षका आशिककुमार मण्डलको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार घरबाट झन्डै एक किलोमिटर टाढा रहेको इँटा उद्योगले खनेको खाल्डोमा पानी जमेको थियो। खेल्न गएका दुबै बालकको शनिबार अपराह्न डुबेर मृत्यु भएको हो। घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको बताएको छ।
Facebook Comments


























