मुम्बई, जेठ १६ । सेलेब्रिटीका लागि सोसल मिडिया फ्यानसँग जोडिने माध्यम मात्र होइन पैसा कमाउने बाटो पनि हो। खासगरी इन्स्टामा सामानको प्रवद्र्धन गरेवापत सेलेब्रिटीले टन्नै पैसा कमाउँछन्।
शाहरुख खान, अमिताभ बच्चन, प्रियंका चोपडा, आलिया भट्ट सबैले इन्स्टाको पेड पोस्टमार्फत राम्रो आम्दानी गर्छन्। अमिताभ बच्चनका इन्स्टामा २ करोड ६० लाख फ्लोअर छन्। अमिताभले इन्स्टामा एउटो पोस्टको ५० लाखसम्म लिने गरेका छन्।
शाहरुख खानका करिअर अहिले फ्लप चलिराछ । तर पनि उनलाई पछ्याउनेको जमात कम छैन। उनले एउटा पोस्टको ८० लाख देखि १ करोड भारुसम्म लिने गरेका छन्।
शाहरुख झैं आलिया भट्टले पनि एउटा पोस्टको ८० लाख भारुदेखि १ करोडसम्म लिने गरेकी छिन्। इन्स्टाबाट कमाउने मामलामा अमिताभ र शाहरुखभन्दा प्रियंका चोपडा धेरै नै अगाडि छिन्। ६ करोड ३८ लाख फ्लोअर भएकी प्रियंकाले भने एउटा पोस्टवापत २ करोड लिने गरेकी छिन्। प्रियंका ग्लोबल स्टार बन्ने बाटोमा रहेकाले पनि उनलाई महंगो रकम तिर्ने गरेका छन्।


























