जेठ १५ । सरकारले आउँदो आर्थिक वर्षका लागि युवा तथा खेलकुद क्षेत्रमा दुई अर्ब ७४ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। युवा तथा साना व्यवसायी रोजगारमार्फत कर्जा दिएर थप १२ हजार जना युवालाई रोजगार दिइने भएको छ। राष्ट्रिय युवा परिषद्लाई थप प्रभावकारी बनाइने भएको छ।
यस्तै सबै प्रदेशमा युवा नवप्रवर्तन केन्द्र स्थापना गरिने भएको छ। आउँदो वर्ष १३ हजार विद्यालयमा नेपाल स्काउट विस्तार गरिने पनि बजेटमा उल्लेख छ।
देशमा विभिन्न ठाउँमा रङ्गशाला बनाउन बजेट विनियोजन भएको छ। एक सय ६८ पालिकामा खेल ग्राम स्थापना गर्न पनि बजेट छुट्याइएको छ। खेलबाट सन्यास लिएका खेलाडीलाई व्यवसाय गर्न सहुलियत ब्याजमा कर्जा दिइने बजेटमा उल्लेख छ। आउँदो वर्ष नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता हुने भएको छ।
Facebook Comments


























