चितवन १५ जेठ । विवेकशील साझा पार्टी चितवनले भरतपुर अस्पतालमा उपचाररत कोरोना संकरमितका कुरुवा र विपन्न मजदुरलाई निशुल्क खाना खुवाउँदै आएको छ। विगत ९ दिनदेखि ‘ताताेभात अभियान’ कार्यक्रममार्फत खान वितरण गर्दै आएको विवेकशील साझाले जनाएको छ। कोरोना भाइरस संक्रमणको उच्च जोखिमका कारण भोकै बस्न बाध्य मानिसहरुका लागि अभियान नै चलाएर तातो खाना खुवाएको अभियानका संयोजक राजकुमार थापाले जानकारी दिए।
‘यस्तो विषम संकटकाे घडीमा सहयाेगापेक्षी मानिसहरूलाई सहयाेग गर्न पाउँदा हाम्रो टिमले थप दायित्वबाेध र जिम्मेवार महसुस गरेकाे छ,’ उनले भने, ‘हामी राजनीति मात्र गर्दैनौँ सुसंस्कृत राजनीति गर्दैछौँ र दुःखमा परेकालाई सहयोग गर्दैछौँ। र, राजनीति भनेको सेवा हो भन्ने उदाहरण प्रस्तुत गर्दैछौँ।’
त्यसैले विशुद्द समाज सेवामा पनि विवेकशील साझा सधै अग्रस्थानमा रहिरहने उनको भनाइ छ। ‘त्यसैले समाज सेवामा राजनीति स्वार्थ नदेखाउन र राजनैतिक स्वार्थभन्दा माथि उठेर मानव सेवामा समर्पित परोपकारी कार्यमा सहयोग गर्न विनम्र अनुरोध गर्न चाहन्छौँ,’ उनले थपे। अभियानमा जोडिनको लागि विश्वका जुनकुनै कुनाबाट पनि सेवामा हातेमालो गर्न सकिने विवेकशील साझाले जनाएको छ।
Facebook Comments


























