काठमाडौं, जेठ १४ । नेपाल राष्ट्र बैंकले ३० अर्ब रुपैयाँ बराबरको रिभर्स रिपो बिक्री गर्ने भएको छ। बैंकले एक सूचनामार्फत आज उक्त परिमाणको रिपो बोलकबोल गर्न लागेको जानकारी दिएको छ।
१४ दिने अवधिका लागि बोलकबोल गर्न लागिएको बउक्त रिभर्स रिपोमा वाणिज्य बैंक, विकास बैंक र वित्तीय संस्थाहरुले लगानी गर्न पाउनेछन्। यो रिपो जेठ २८ गते परिपक्क हुनेछ। सहभागी हुन चाहने बैंक तथा वित्तीय संस्थाहरुले दिउँसो १२ बजेसम्म बिडिङ गर्नुपर्नेछ।
Facebook Comments


























