जेठ १४ । ब्रोडकास्टर्स एसोसिएसन अफ नेपाल (बान) का अध्यक्ष चन्द्र न्यौपानेको कोरोना संक्रमणबाट आज निधन भएको छ।
निजी रेडियो सञ्चालकको छाता संगठन बानको नेतृत्व गर्दै आएका न्यौपाने सुनसरीको इटहरीस्थित सप्तकोशी एफएमका प्रबन्ध निर्देशक थिए। उनको शुक्रबार बिहान ८ बजे विराट अस्पतालमा उपचारका क्रममा निधन भएको हो।
रेडियोकर्मी न्यौपाने सरकारद्वारा केही महिनाअघि गठित विज्ञापन बोर्डको सदस्यसमेत थिए। उनी नेकपा (एमाले) को केन्द्रीय प्रचार विभागको सदस्य पनि थिए।
कोरोना संक्रमण भएपछि उनको दुई सातादेखि विराट शिक्षण अस्पतालमा उपचार भइरहेको थियो । उपचारका लागि अनेक प्रयास गर्दा पनि बचाउन नसकिएको अस्पताल स्रोतले जनाएको छ ।
Facebook Comments


























