जेठ १३ । आज शेयर बजार नेप्से सामान्य अंकले घटेपनि कारोबार भने उच्च भएको छ। साताको कारोबारको अन्तिम दिन आज नेप्से ०.४ प्रतिशत अर्थात १.२० अंकले घटेको हो। सो अंकले घटेको नेप्से २८१५.३९ विन्दुमा रोकिएको छ।
त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि आज ०.२८ अंकले घटेर ५०३.७० विन्दुमा रोकिएको हो। नेपाल स्टक एक्सचेन्जका अनुसार आज २१५ कम्पनीको १४ अर्ब ७६ करोड ८८ लाख ८ हजार ४९२ रुपैयाँ बराबरको ४ करोड १८ लाख १३ हजार ९९४ कित्ता शेयर खरिद बिक्री भएको छ।
यो हालसम्मकै उच्च कारोबार हो। बिहीबार ६ उपसमूह मध्ये ६ समूहका सूचक बढेका छन् भने अन्य ७ समूहको घटेका छन्।
Facebook Comments

























