काठमाडौं, जेठ १२ । गत फागुन २३ गतेअघि कोरोना विरुद्धको कोभिसिल्ड खोप लगाएका तर दोस्रो मात्रा लगाउन छुटेकाहरुलाई आजदेखि खोप लगाइने भएको छ।
बागमती प्रदेशले कोरोना विरुद्धको भ्याक्सिनको दोस्रो डोज लगाउन छुटेका फ्रन्टलाइनरलाई आजबाट दोस्रो डोज लगाउने भएको हो।
बागमती प्रदेशको सामाजिक विकास मन्त्रालय स्वास्थ्य कार्यालय ललितपुरले सूचना जारी गर्दै आज (बुधबार) देखि सुरक्षाकर्मी र पर्सी विहीबारदेखि अन्य फ्रन्टलाइनरहरुलाई लगाइने सूचनामार्फत जानकारी दिएको हो।
फागुन २३ गतेदेखि चैत ४ गतेसम्म भने दोस्रो चरणको खोप अभियान सुरु भएको थियो।
Facebook Comments


























