काठमाडौं, जेठ ९ । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको तस्वीरमा गोबर पोतेको आरोपमा एक जना पक्राउ परेका छन्। प्रहरीले मध्यमानेश्वरबाट नवराज त्रिपाठीलाई पक्राउ गरेको हो। उनी नेविसंघका पूर्वकेन्द्रीय सदस्य हुन्।
त्रिपाठीले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको तस्वीरमा गोबर छ्याप्दै प्रदर्शन गरेको काठमाडौँ प्रहरी परिसरले जनाएको छ। उनलाई हाल महानगरीय प्रहरी वृत्त, बानेश्वरको हिरासतमा राखिएको छ।
Facebook Comments


























