चितवन ०६ जेठ । राष्ट्रिय युवा संघ माडीका अध्यक्ष मुन्ना मियाले आफ्नो जन्मदिनको अवसरमा माडी ८ का अति विपन्न परिवारलाई खाद्यान्न सहयोग गरेका छन्। माडी नगरपालिका वडा नं ८ का अति विपन्न सुकराम दर्जी, असक्त जेष्ठ नागरिक जितबहादुर चेपाङ, संन्यासी गंगा गिरीलाई चामल, दाल, नुनलगायत सरसफाइका सामग्री उपलब्ध गराएका हुन्।
सहयोगका सामानहरु ग्रहण गर्दै जेष्ठ नागरिक जितबहादुर चेपाङले विपन्न परिवारको समस्या बुझेर सङ्क्रमणको समयमा पनि घरमै आएर सहयोग गर्ने सहयोगी मुन्ना मियाप्रति आभार व्यक्त गरे। खाद्यान्न उपलब्ध गराउने कार्यक्रममा मुन्ना मियासहित माडी नगरपालिका वडा नं ८ का वडाध्यक्ष कृष्णराज अधिकारी, नेकपा एमाले माडीका युवा नेता रामेश्वर चौधरी,राष्ट्रिय युवा संघ चितवनका सह-संयोजक दीपक भण्डारीको उपस्थिति थियो।
Facebook Comments


























