चितवन, जेठ ४ । नेपालमा पछिल्लो २४ घण्टामा थप ६ हजार ८९१ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न अस्पतालमा उपचाररत उनीहरु संक्रमणमुक्त भई डिस्चार्ज भएका हुन्। योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ३ लाख ५२ हजार ४१४ पुगेको छ।
पछिल्लो २४ घण्टामा ८ हजार २०३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा।जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा गरिएको २० हजार २८६ जनाको पीसीआर परीक्षण र ६९३ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ८ हजार २०३ जनामा कोरोना पुष्टि भएको जानकारी दिएका हुन्। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ लाख ७२ हजार ३५४ पुगेको छ।
थप १९६ जना जना कोरोना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा मृत्यु भएका र २४ घण्टामा विवरण प्राप्त भएकाहरु गरी जम्मा १९६ जना कोरोना संक्रमितको मृत्यु भएको जानकारी दिएका हुन्। योसँगै हालसम्म कोरोनाले ज्यान गुमाउनेको संख्या ५ हजार ४११ पुगेको मन्त्रालयले जानकारी दिएको छ।


























