काठमाडौं, जेठ ४ । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले मंगलबारअर्को विज्ञप्ति प्रकाशित गरी आफ्नो दलका तर्फबाट संसदीय दलको नेता चयन नभएको दाबी गरेका छन्।
यसअघि पार्टीका अर्का अध्यक्ष महन्थ ठाकुरले विज्ञप्तिमार्फत आफ्नो दलको संसदीय दलको नेतामा वैशाख ३० गते राजेन्द्र महतोलाई चयन गरेको पत्र संसद सचिवालयमा पठाएको जानकारी दिएका थिए।
अध्यक्ष यादवले भने ठाकुरको विज्ञप्तिको केही घन्टा पनि नबित्दै विधान नै पूर्ण नभइसकेको अवस्थामा कसैले संसदीय दलको नेताको नाम चयन गरी पठाएको हो भने त्यो अवैधानिक हुने भनी अर्को विज्ञप्ति जारी गरेका हुन्।
मंगलबार नै केही घन्टाअघि जसपाका दुवै अध्यक्षले संयुक्त विज्ञप्ति जारी गरी आफ्नो नेतृत्वमा मात्र सरकारमा जाने अडान सार्वजनिक गरेका थिए।

Facebook Comments


























