काठमाडौं, जेठ ३ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मुलुकमा कोरोना महामारीको स्थिति अझै केही साता चुनौतीपूर्ण हुने जनाएको छ।
सोमबार एक सूचना जारी गर्दै मन्त्रालयले आगामी केही साता नेपालका लागि चुनौतीपूर्ण रहेको जनाएको हो। मन्त्रालयले कोरोना रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य मापदण्ड पूर्ण रुपमा अवलम्वन गर्न समेत आग्रह गरेको छ।
‘स्वास्थ्य क्षेत्र यसरी लागि पर्दा पनि यो संक्रमण जति घट्नुपर्ने हो त्यति घट्न सकिरहेको छैन’, मन्त्रालयद्वारा जारी सूचनामा भनिएको छ, ‘ अबका केही हप्ता अझै पनि चुनौतीपूर्ण रहेकाले हामी सबै संयमित र सहयोगी भई एकजुट भएर काम गर्नुपर्ने देखिन्छ।’
खुलेआम भइरहेका विवाह, भोजभतेर, पूजाजस्ता कार्यक्रमले संक्रमण बढिरहेको भन्दै तत्काल त्यस्ता कार्य रोक्न मन्त्रालयले सबैमा अनुरोध गरेको छ।कोरोना महामारी एउटाको प्रयासले मात्र नियन्त्रण गर्न नसकिने भन्दै सबैको सहयोग अपरिहार्य रहेको मन्त्रालयले जनाएको छ।
यस्तो छ मन्त्रालयद्वारा जारी सूचना



























