जेठ १ । इजरायल र प्यालेस्टाइनबीच गाजा क्षेत्रमा ५ दिनदेखिको भिडन्त अझै जारी रहेको छ। बीबीसीका अनुसार इजरायलले गाजा क्षेत्रमा आफ्नो कारबाही तीव्र पारेको छ। वेष्ट ब्यांकमा जारी हिंसामा कम्तीमा १० प्यालेस्टाइनीको मृत्यु भएको छ भने सयौँ घाइते भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्।
इजरायली सेनाले अश्रुग्यास, रबर बुलेट, अग्नि ज्वालासहितको प्रयोग गरेको छ। प्यालेस्टाइनीहरुले भने पेट्रोल बमसहित प्रहार गरेका छन्। इजरायली प्रधानमन्त्री बिन्यामिन नेतान्याहुले प्यालेस्टानी विद्रोही हमासविरुद्ध जारी कारबाही तत्कालै अन्त्य नहुने चेतावनी दिएका छन्। गाजा क्षेत्रमा गत सोमबारदेखि गोलाबारी भइरहेको छ। एजेन्सी
Facebook Comments


























