जेठ १ । शनिबार बिहान चीनको रोबट मंगल ग्रहमा सफलतापूर्वक अवतरण भएको छ।
छ पांग्रे ‘झोरुङ’ नामक रोबट ३२ करोड किलोमिटर पार गर्दै मंगल ग्रहको उत्तरी गोलार्धको युटोपिया प्लानिसियामा अवतरण गरेको बीबीसीले उल्लेख गरेको छ। फेब्रुअरीमा पुगेको झोराङ शनिबार मात्रै सफल अवतरण हुन सफल भएको बिबिसीले लेखेको छ।
बिबिसीका अनुसार चीनले अवतरण गराएको रोबटको तौल २ सय ४० केजी भएको र यो सोलार उर्जाबाट सञ्चालन भएको छ। तियानमेन-१ नामक मिसन शनिबार झिमिसेमै अवतरण भएको चीनको अन्तरीक्ष संस्था चिनियाँ राट्रिय अन्तरीक्ष प्रशासन (सिएमएसए) लाई उदृत गर्दै चिनियाँ सरकारी मुखपत्र ग्लोबल टाइम्सले लेखेको छ।
बिहान ४ बजे अवतरण भएको रोबट तीस मिनेट मंगलग्रहको सतहमा बसेर अध्ययनपछि पुन पार्किङ अर्बिटमा फर्किएको ग्लोबल टाइम्सले लेखेको छ। यो सँगै मंगलग्रहमा सफल अवतरण हुनेमा अमेरिका, रसिया पछि चीन तेश्रो सफल मुलुक भएको ग्लोबल टाइम्सले लेखेको छ। एजेन्सी


























