काठमाडौं, बैशाख ३१ । पूर्वरानी कोमल शाह अस्पतालबाट डिस्चार्ज भएकी छन्। उनीसँगै छोरी प्रेरणा शाहसमेत अस्पतालबाट डिस्चार्ज भएकी छन्। कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि काठमाडौँको नर्भिक अस्पतालमा भर्ना भएकी शाह आज अपराह्न ४ बजे डिस्चार्ज भएको अस्पतालले जानकारी दिएको हो।
उनीसँगै पूर्वराजा ज्ञानेन्द्र शाह पनि संक्रमण भएपछि अस्पताल भर्ना भएका थिए। पूर्वराजा शाह भने वैशाख २९ गते राति ८ बजे डिस्चार्ज भएका थिए। कोरोना संक्रमणपछि अक्सिजन लेबल घटेपछि पूर्वरानी शाहलाई आईसीयूमा राखेर उपचार थालिएको थियो। उनको स्वास्थ्य अवस्था सामान्य बनेपछि डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ।
Facebook Comments


























