बैशाख ३० । बिहीवार सुनचाँदी दुबैको मूल्य नेपाली बजारमा घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवारको तुलनामा बिहीवार सुन तोलाको ४ सय रुपैयाँ र चाँदी १० रुपैयाँले घटेको हो।
महासंघका अनुसार बिहीवारका लागि छापावाला सुनको भाउ प्रतितोला ९१ हजार ६०० रुपैयाँ, तेजाबी ९१ हजार १०० रुपैयाँ र चाँदीको मूल्य प्रतितोला १ हजार ३३५ रुपैयाँ तोकिएको छ। बुधवार छापावाला सुन प्रतितोला ९२ हजार रुपैयाँ, तेजाबी ९१ हजार ५ सय रुपैयाँ र चाँदी तोलाको १ हजार ३४५ रुपैयाँमा कारोबार भएको थियो।
Facebook Comments


























