चितवन, बैशाख २८ । नारायणगढ–मुग्लिन सडकखण्डमा ट्रकले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२९ जुगेडीका ५६ वर्षीय धनबहादुर गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
कार्यालयका अनुसार मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको ना४ख ४४६० नंको ट्रकले जुगेडीमा पैदलयात्रीलाई ठक्कर दिएको थियो। ठक्करबाट गुरुङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। ट्रक र ट्रकचालक प्रहरी नियन्त्रणमा रहेका छन्। दुर्घटना सोमबार राति साढे १० बजे भएको हो। रासस
Facebook Comments


























