बैशाख २८ । फुलहम इंग्लिस प्रिमियर लिग फुटबलबाट रेलिगेसनमा परेको छ। सोमबार राति बर्नलीसँग २-० गोल अन्तरले पराजित भएपछि फुलहम रेलिगेसनमा परेको हो।
प्रिमियर लिगमा बढुवा भएकै सिजन फुलहम रेलिगेसनमा परेको हो। फुलहम रेलिगेसनमा पर्ने तेस्रो टिम हो। यस अघि सेफिल्ड युनाईटेड र वेस्ट ब्रुम रेलिगेसनमा परिसकेको छ।
महत्वपूर्ण खेलमा फुलहम घरेलु मैदानमै बर्नलीसँग पराजित भएको हो। बर्नलीलाई जित दिलाउन एश्ले वेस्टउड र क्रिस उडले एक एक गोल गरे।
खेलको ३५ औं मिनेटमा वेस्टउडले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए।
त्यसपछि खेलको ४४ औं मिनेटमा क्रिसले गोल गर्दै बर्नलीलाई २-० को जित दिलाए। जितसँगै बर्नलीले ३५ खेलमा ३९ अंक जोडेको छ। बर्नली १४ औं स्थानमा रहेको छ। फुलहम २७ अंक जोडेर १८ औं स्थानमा रहेको छ। एजेन्सी
Facebook Comments


























