बैशाख २६ । स्पेनिस ला लिगा फुटबलमा आज साविक विजेता रियल मड्रिड र सेभियाबीच प्रतिस्पर्धा हुँदैछ। रियलले घरेलु मैदानमा सेभियासँग खेल्नेछ। रियल र सेभियाबीचको खेल राति पौने १ बजे सुरु हुनेछ।
आज रियल जित निकाल्दै शीर्ष स्थानको एट्लेटिको मड्रिडसँग अंक बराबरी गर्न चाहन्छ। रियललाई जित निकाल्दै शीर्ष स्थानमा उक्लने अवसर समेत रहेको छ।
तर, बलियो टिम सेभियाविरुद्ध जित निकाल्न रियललाई सहज भने छैन। सेभिया पनि जित निकाल्दै अंक तालिका सुधार गर्न चाहन्छ। रियल ३४ खेलमा ७४ अंक जोडेर तेस्रो स्थानमा रहेको छ।
शीर्ष स्थानको एट्लेटिको ७७ अंक रहेको छ। सेभिया ७० अंक जोडेर चौंथो स्थानमा रहेको छ। ला लिगा अन्तर्गत नै भिल्ला रियलले सेल्टा भिगोसँग खेल्नेछ।
भ्यालेन्सियाले रियल भालाडोलिटसँग खेल्दा गेटाफेले इबरसँग खेल्नेछ। एजेन्सी
Facebook Comments


























