बैशाख २५ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ। साताको पहिलो दिन आइतबार आज सुन प्रतितोला ९१ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
त्यस्तै तेजावी सुनको मूल्य ९१ हजार ३०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ। साताको अन्तिम दिन नेपाली बजारमा सुन प्रतितोला ९१ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो। शुक्रबारको तुलनामा आज प्रतितोला १०० रुपैयाँले सुनको भाउ बढेको हो।
त्यस्तै आज चाँदी १ हजार ३४५ रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ।
Facebook Comments


























