चितवन, बैशाख २६ । चितवको थारु भाषाको ‘ होरिया (बाबा लगावे)’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ। अलमोडा राना उप्रेती, बिका महतो, निकिता महतो थारु, शारदा महतो र आशिका राउतको स्वर छ भने अलमोडा राना उप्रेती कै संगीत र कार्यकारी निर्माता जयश चौधरी रहेका छन्।
गीतको भिडियोमा सन्जु महतो, ज्योती महतो, सृष्टि चौधरीको अभिनय देख्न सकिन्छ। अलमोडा राना उप्रेती कै आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक गरिएको गीतलाई चितवन जिल्लाको विभिन्न स्थानमा छायाँकन गरिएको हो।
Facebook Comments

























