चितवन, बैशाख २६ । चितवनमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ। भरतपुर अस्पतालमा उपचाररत चितवनको भरतपुर महानगरपालिका–३ बाह्रघरेकी ५९ वर्षीया एक महिलाको आज (आइतबार) बिहान २ बजेर ५६ मिनेटमा मृत्यु भएको अस्पतालका प्रवक्ता डा.युवानिधि बसौलाले जानकारी दिए।
उनका अनुसार वैशाख १७ गते ती महिला अस्पताल भर्ना भएकी थिइन्। उनलाई सोही दिन कोरोना पुष्टि भएको थियो भने भेन्टिलेटरमा राखेर उपचार थालिएको थियो।
Facebook Comments


























