बैशाख २५ । इंग्लिस प्रिमियर लिग फुटबलमा आज म्यानचेस्टर सिटीले चेल्सीसँग प्रतिस्पर्धा गर्दैछ। सिटीले घरेलु मैदानमा चेल्सीसँग खेल्नेछ। सिटी र चेल्सीबीचको खेल राति सवा १० बजे सुरु हुनेछ।
घरेलु मैदानमा सिटी जित निकाल्दै उपाधि उचाल्न चाहन्छ। सिटीलाई उपाधि जित्न मात्र एक जितको आवश्यकता रहेको छ। त्यसैले सिटी चेल्सीलाई हराएर उपाधि आफ्नो बनाउन चाहन्छ।
सिटीले ३४ खेलमा ८० अंक जोडेको छ। सिटी दोस्रो स्थानको युनाईटेड भन्दा १३ अंकले अघि रहेको छ। यता, चेल्सी पनि जित निकाल्दै सिटीको उपाधि योजना विफल बनाउन चाहन्छ।
तर, बलियो टिम सिटीलाई रोक्न चेल्सीलाई सहज भने हुने छैन। चेल्सी ३४ खेलमा ६१ अंक जोडेर चौंथो स्थानमा रहेको छ। सिटीलाई हराएर चेल्सी तेस्रो स्थानमा उक्लन चाहन्छ। प्रिमियर लिग अन्तर्गत नै अर्को खेलमा लिड्सले टोटेनहमसँग खेल्नेछ। लिभरपुलले साउथह्याम्पटनसँग खेल्दा सेफिल्डले क्रिस्टल प्यालेससँग खेल्नेछ।














![sf7df8f}F, !& k'; . e|d0f jif{ @)@) sf] ;'?;Fu} laxLaf/ dWok'/ lylddf 3'Dg cfPsf hfkfgL ko{6s . pxfFx?nfO{ dWok'/ lyld gu/kflnsfsf k|d'v dbg;'Gb/ >]i7 vfbfnufP/ :jfut ul/Psf] lyof] . t:jL/ M /Tg >]i7, /f;; .](http://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2020/01/RS_KTM_20200102_0D3A1096f.jpg?resize=150%2C150&ssl=1)











