बैशाख २४ । कोरोना भारइसको दोस्रो लहरले नेपाल, भारत लगायत धेरै देशहरु कब्जामा लिएको छ। बलिउड जगत पनि अछ्तो रहन सकेन। यसक्रममा केही कलाकारहरु पनि संक्रमित भएका छन्।
अभिनेत्री शिल्पा शेट्टीको पुरै परिवार संक्रमित भएको छ। सामाजिक सञ्जाल इन्स्टाग्राममा एक पोस्ट गर्दै शिल्पाले पुरै परिवार १० दिनदेखि संक्रमित भएको र मुस्किल झेलिरहेको जानकारी दिएकी हुन्।
अभिनेत्रीले सुरुमा सासु, ससुराबाट सुरु भएको संक्रमण पछि सबैपरिवार र घरेलु कामदार समेत संक्रमित भएको उल्लेख गरेकी छिन्। उनले डाक्टरको सल्लाह अनुसार सबैजना होम आइसोलेशनमा बसेको जानकारी दिएकी छिन्। शिल्पाको भने पिसीआर रिपोर्ट नेगेटिभ आएको छ।
Facebook Comments


























