काठमाडौं, बैशाख २४ । नेपालले सहभागिता जनाउने आईसीसी महिला टी-ट्वान्टी विश्वकप-२०२३ को एसिया छनोट अन्तर्गत समूह ‘बी’ छनोट खेलको नयाँ मिति तय भएको छ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरसको कारण एसिया छनोट ‘बी’ को नयाँ मिति तय गरेको हो।
आईसीसीले सार्वजनिक गरेको नयाँ मिति अनुसार छनोट खेल आगामी नोभेम्बर २२ देखि २८ सम्म मलेसियामा आयोजना हुनेछ। यस अघि छनोट खेल सेप्टेम्बर २० देखि २६ सम्म हुने तालिका रहेको थियो।
छनोट प्रतियोगितामा आयोजक मलेसियासहित नेपाल, भुटान, चीन, हङकङ, कुवेत, म्यानमार र युएईले प्रतिस्पर्धा गर्ने छन्। यस संस्करणको महिला टी-ट्वान्टी विश्वकप दक्षिण अफ्रीकामा हुनेछ।आठौं संस्करणको प्रतियोगिता फेब्रुवरी ९ देखि २६ सम्म आयोजना हुनेछ। प्रतियोगितामा १० राष्ट्रले सहभागिता जनाउने छन्।
Facebook Comments


























