बैशाख २४ । भारतको मध्य प्रदेशमा रेम्डेसिभिर इन्जेक्सन बोकेको विमान दुर्घटना भएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार ग्वालियर विमानस्थलमा अवतरण गर्ने क्रममा रनवेमा चिप्लिँदा विमान दुर्घटना भएको हो।
दुर्घटनामा विमानका चालक र सहचालकलाई सामान्य चोट मात्र लागेको छ। साथै रेम्डेसिभिर इन्जेक्सन पनि सुरक्षित रहेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।
ग्वालियर जिल्लाका प्रहरी अधिक्षक अमित सांघीका अनुसार बिहीबार राति साढे ८ बजेतिर दुर्घटना भएको हो। उनले भने, ‘अवतरण क्रममा विमान रनवेबाट थोरै चिप्लिएको हो।’ एजेन्सी
Facebook Comments


























