बैशाख २४ । नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ तथा बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ।
त्यस्तै अमेरिकी डलर एकको खरिददर ११७ रुपैयाँ ७२ पैसा र बिक्रीदर ११८ रुपैयाँ ३२ पैसा रहेको छ। यसैगरी युरो एकको खरिददर १४१ रुपैयाँ ८२ पैसा र बिक्रीदर १४२ रुपैयाँ ५२ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिददर १६३ रुपैयाँ ८२ पैसा र बिक्रीदर १६४ रुपैयाँ ५५ पैसा रहेको छ।
अस्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ २६ पैसा तथा बिक्रीदर ९१ रुपैयाँ ७२ पैसा कायम भएको छ। कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ३३ पैसा र बिक्रीदर ३२ रुपैयाँ ५० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ४९ पैसा बिक्रीदर १० रुपैयाँ ५४ पैसा छ।
Facebook Comments


























