चितवन, बैशाख २२ । आज देशभर ८ हजार ६५९ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ भने ५८ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा ८ हजार ६५९ जना संक्रमित थपिएका हुन्। उनीहरूमध्ये पीसीआर परीक्षणबाट ८ हजार ६०५ र एन्टिजन बिधिबाट ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
त्यस्तै, कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा ५८ जनाले ज्यान गुमाएका छन्। मंगलबार ५५ जनाको ज्यान गएको थियो। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या तीन हजार ४७५ पुगेको छ।
Facebook Comments


























