बैशाख २२ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ। मंगलबारको तुलनामा आज छापावाल सुन तोलामा ३०० रूपैयाँले घटेर ९० हजार ३०० रूपैयाँ कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यस्तै तेजाबी सुन आज ८९ हजार ८०० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। चाँदीको मूल्य पनि आज घटेको छ। चाँदी आज ५ रूपैयाँले घटेर १३ सय २० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
Facebook Comments


























