बैशाख २१ । आज स्थानीय बजारमा सुनको मूल्य बढेको छ। सोमबारको तुलनामा आज सुन प्रतितोला २०० रुपैयाँले बढेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
आज सुन प्रतितोला ९० हजार ६०० रूपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ। सोमबार सुन तोलाको ९० हजार ४०० रूपैयाँमा कारोबार भएको थियो। आज तेजावी सुनको प्रतितोला ९० हजार १०० रूपैयाँ तोकिएको छ। आज चाँदी प्रतितोला २५ रुपैयाँ बढेर १ हजार ३२५ रुपैयाँमा कारोबार भइरहेको छ।
Facebook Comments


























