काठमाडौं, बैशाख १९ । थप सरकारी सेवा सुविधासहित नागरिक एप आजबाट औपचारिक शुभारम्भ गरिएको छ। राष्ट्रिय सूचना प्रविधि दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले क्युआर कोड मार्फत् बैंक खाता खोल्दै नागरिक एपको उदघाटन गरेका हुन्।
प्रधानमन्त्री ओलीले नेपाल बैंक लिमिटेड र सिद्धार्थ बैंकमा खाता खोलेको जानकारी दिए। उनले भने, ‘अहिले भर्खरै खाता खोलेको र अहिले भर्खरै खाता नम्बर प्राप्त भइसकेको छ।’
राष्ट्रिय सूचना प्रविधि दिवसको अवसरमा सञ्चार मन्त्रालयले आयोजना गरेको कार्यक्रमलाई भर्चुअल रुपमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नागरिक एपबाट बैंक खाता खोल्न सकिने, सवारी कर तिर्ने र पुलिस रिपोर्ट प्राप्त गर्न सकिने बताए।
Facebook Comments


























