चितवन, बैशाख १८ । भरतपुर अस्पतालमा उपचाररत बर्दाघाटका कोरोना सङ्क्रमित एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बर्दाघाट नगरपालिका–७ का ४१ वर्षीय पुरुष रहेका छन्।
अस्पतालका अनुसार फोक्सोसम्बन्धी समस्या भई वैशाख १६ गते अस्पतालमा भर्ना भएका उनको आजै कोरोना सङ्क्रमण पुष्टि भएको थियो। कोरोना सङ्क्रमण पुष्टि भई कोभिड सघन उपचार कक्षमा उपचाररत उनको आज दिउँसो १ बजे मृत्यु भएको हो। रासस
Facebook Comments


























