हेटौंडा, बैशाख १८ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौंडा उपमहानगरपालिका वडा नम्बर ९ पशुपतिनगरमा सवारी दुर्घटना हुँदा एकको मृत्यु भएको छ। रातोमाटेबाट हेटौंडा बजार तर्फ आउँदै गरेको ना ३८ प ९३६१ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आएको बा ८ च २९५३ नम्बरको कारले ठक्करले दिंदा मोटरसाइकलका चालकको मृत्यु भएको हो।
कारको ठक्करपछि गम्भीर घाइते भएका चालकलाई उपचारको क्रममा हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ स्थित नवलपुरमा रहेको चुरेहिल अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय मकवानपुरले बताएको छ। मृत्यु हुनेमा मोटरसाइकल चालक बारा जिल्ला महागढीमाई नगरपालिका वडा नम्बर ४ का सन्जय कुमार शुक्ला रहेको जनाएको छ।
त्यसैगरी मोटरसाइकलको पछाडी सवार नवलपरासीको कावासोती नगरपालिका बस्ने ३३ वर्षीय ज्योति अर्याल सामान्य घाइते भएकी छन्। घाइते अर्यालको पनि चुरोहिल अस्पताल मै उपचार भइरहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले बताएको छ। ठक्कर दिने कार प्रहरी नियन्त्रणमा रहेको र कार चालक फरार रहेको र खोजतलास सुरु गरिएको मकवानपुर प्रहरीले बताएको छ।


























