काठमाडौं, बैशाख १७ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थेग्नै नसकिने गरी कोरोना संक्रमित बढिरहेको भन्दै थप सतर्क रहन आग्रह गरेको छ।
शुक्रबार एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले कोरोना संक्रमण निकै डरलाग्दो भएको जनाएको हो। विज्ञप्तिमा मोरङ, सुनसरी, झापा, पर्सा, बारा, धनुषा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रेपलान्चोक, कास्की, दाङ, बाँके, रुपन्देही, पाल्पा, बर्दिया, कपिलवस्तु, सुर्खेत, कैलाली र कन्चनपुरमा संक्रमण दर निकै डरलाग्दो भएको उल्लेख गरिएको छ।
यी जिल्लाहरूमा अस्पतालको शैया समेत उपलब्ध गराउन नसकिने अवस्था भएको विज्ञप्तिमा उल्लेख छ। मन्त्रालयले जनस्वास्थ्यको मापदण्ड कडाइका साथ पालना गर्न गराउन र संवेदनशील बन्न अपिल गरेको छ।

Facebook Comments


























