बैशाख १६ । हरि लम्सालको संगीत तथा प्रविन बेडवालको स्वरमा रहेको गीत ‘एउटै तस्विर’ सार्वजनिक भएको छ। गीतमा शब्द दीपेन्द्र के थापाको छ।
गीतको भिडियोमा दिनेश डिसी, गायक तथा संगीतकार मानस राज, गायक भिम बिष्ट र मोडल पुनम गौतमको अभिनय रहेको छ।
भिडियोमा युवतीको प्रेमिल कल्पनामा रमाइरहेका तीन उमेर समूहका पुरुषहरूलाई देखाइएको छ। माइकल चन्दले निर्देशन गरेको भिडियोमा छायाँंकन उत्सव दाहाल र सम्पादन शिलन लम्सालको रहेको छ।
Facebook Comments


























