बैशाख १५ । भारत सरकारले कोभिड–१९ विरुद्ध लड्न संयुक्त राष्ट्र संघ (यूएन) ले गरेको सहयोगको प्रस्ताव अस्वीकार गरेको छ। दुई दिन अघि राष्ट्र संघको आमसभाले कोरोना महामारीविरुद्ध लड्न भारतलाई सहयोग गर्न आवश्यक रहेको भन्दै सहयोगको प्रस्ताव गरेको थियो।
कोरोना संक्रमणका कारण हाल भारतको अवस्था निकै जटिल भएको भन्दै राष्ट्र संघले सघाउने जनाएको थियो। तर, राष्ट्र संघका प्रमुख एन्टोनियो गुटेरसका उपप्रवक्ता फरहान हकका अनुसार भारतले सहयोगको प्रस्ताव अस्वीकार गरेको जनाएको समाचार एजेन्सी पीटीआईले उल्लेख गरेको छ।
कोभिडसँग सम्बन्धित सामानहरुको आपुर्तिका लागि आवश्यक सहयोग गर्न राष्ट्र संघ तयार रहेको राष्ट्र संघले जनाएको थियो। बीबीसी
Facebook Comments


























